राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्नुस् : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्न आग्रह गरेका छन् । बिहीबार अमेरिका भ्रमण जानु पूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
लिङ्देनले परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरूले राम्रो गरेर देखाउन नसकेको बताए । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यही आन्दोलनको पूर्वाधार निर्माण गर्ने क्रममा छ । प्रवासमा पनि भ्रमण तीव्र बनाइरहेका छौँ । जनआन्दोलन, जनदबाब सिर्जना गर्ने कार्यक्रम गरिरहेका छौँ । तयारी तीव्र रूपमा चलिरहेको छ । दसैँ, तिहार र छठ सकिनासाथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर जनदबाबका कार्यक्रम तय गर्नेछ । देशको अहिलेको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त गर्ने राजालाई गाली गर्नुको बदला अहिलेको परिवर्तन ल्याएँ, परिवर्तनको संवाहक हुँ भन्ने दलहरूले राम्रो गरेर देखाउनुपर्छ, राजालाई गाली गरेर अब पनि सत्तामा टिकिरहन्छ भन्ने दिन गयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण