हसन अलीले दक्षिण अफ्रिकाविरुद्ध खेल्न नसक्ने
इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्डले तीव्र गतिका बलर हसन अली ‘बिरामी भएका कारण’ शुक्रबार दक्षिण अफ्रिकाविरुद्धको खेल खेल्न नसक्ने जानकारी दिएको छ । पीसीबीले बिहीबार यो घोषणा गरेको हो ।
बोर्डले आफ्नो विज्ञप्तिमा भनेको छ– ‘फास्ट बलर हसन अलीको स्वास्थ्य अवस्था ठिक छैन त्यसैले उनी दक्षिण अफ्रिकाविरुद्धको खेलमा पाकिस्तानी टोलीको हिस्सा हुने छैनन् ।’ पीसीबीले हसन अलीलाई उच्च ज्वरो आएको र आगामी खेलका लागि विश्राम दिइएको जनाएको छ ।
पाकिस्तानी प्रसारक जियो न्यूजको रिपोर्ट अनुसार हसन अलीको स्थानमा मोहम्मद वासिम जुनियरले टिममा खेल्नेछन् । नेदरल्याण्ड र श्रीलंकाविरुद्धको खेल जितेर विश्वकपमा उत्कृष्ट सुरुवात गरेको पाकिस्तानी क्रिकेट टोली अहिले संकटबाट गुज्रिरहेको छ ।
टोलीले पछिल्लो तीन खेलमा अष्ट्रेलिया, भारत र अफगानिस्तानसँग हार बेहोरेको छ, त्यसैले आजको खेल जित्नु पाकिस्तानका लागि निकै महत्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण