अर्धसतक बनाएलगत्तै पेभेलियन फर्किए कुशल भुर्तेल
काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनले टोलीका लागि अर्धसतकीय योगदान गरे । उनी अर्धसतक पुरा गरे लगत्तै अर्को बलमा पेभेलियन फर्किएका हुन् ।
उनले २८ बलमा तीन छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका थिए । उनलाई युएईका बलर जाहुर खानले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले ७।३ ओभरमा तीन विकेट गुमाएर ६८ रन बनाएको छ ।
युएईले टस जिती घरेलु टोली नेपाललाई पहिले ब्याटिङका लागि निम्तो दिएको थियो । निकट भविष्यमा नेपालमै आयोजना हुने टी—२० विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगिताको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेलिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण