शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधान सेनापति शर्मा चीन प्रस्थान

शुक्रबार, १० कात्तिक २०८०, १३ : २२
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहीबार बेइजिङतर्फ प्रस्थान गरेका छन् ।

बेइजिङतर्फ प्रस्थान गर्नु अघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका थिए । आजै प्रधान सेनापतिलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी श्री प्रेमध्वज अधिकारी, प्रधान सेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता रहेको छ । 

2

चीन भ्रमणका क्रममा प्रधान सेनापति बेइजिङमा आयोजना हुने बेइजिङ सियाङसानको उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनको चिनियाँ जनमुक्ति सेनाको सीएमसीका जोइन्ट चिफ अफ स्टाफ जनरल लिउ झेनलीसँग शिष्टाचार भेटघाट हुनेछ । 

चीनमा रहँदा प्रधान सेनापतिले ग्रेट वाल लगायत बेइजिङस्थित महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछन् । उनी चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रिभोजमा पनि सरिक हुनेछन् । 

प्रधान सेनापति संघाईको सियान सिटी तथा ग्वानझाओमा रहेको चिनियाँ जनमुक्ति सेनाका विभिन्न इकाई तथा शिक्षण संस्थाहरूको भ्रमण गर्नेछन् । उनी कार्तिक १६ गते स्वदेश फिर्ता हुने नेपाली सेनाले जनाएको छ ।   

प्रधान सेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधान सेनापति भई कार्यभार सम्हाल्नेछन् । यसअघि प्रधान सेनापति असोज ७ गते गएर १२ गते भारत भ्रमणबाट फर्केका थिए भने असोज २१ गते युके गएर २६ गते फर्केका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप