मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रेमा पदयात्रा गर्नेलाई पालिकाले लगायो प्रवेश शुल्क

शुक्रबार, १० कात्तिक २०८०, २१ : २६
शुक्रबार, १० कात्तिक २०८०

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पदयात्राका लागि जाने पर्यटकलाई प्रवेश शुल्क लिने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाले आन्तरिक र बाह्य पर्यटकको लागि प्रवेश शुल्क तोकेको हो । 

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै शुल्क तिर्न आग्रह गरेको छ । स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटकका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए । 

गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्नका लागि शुल्क लिन लागेको जनाएको छ । `सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहोर मैला व्यवस्थापन लगायतका काम गर्न पर्यटन सेवा शुल्क लिन गाउँसभाले पर्यटन शुल्क लिने निर्णय गरेको हो,´ अर्यालले भने, `सोही निर्णय अनुसार शुल्क तोकिएको हो ।´

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप