माछापुच्छ्रेमा पदयात्रा गर्नेलाई पालिकाले लगायो प्रवेश शुल्क
शुक्रबार, १० कात्तिक २०८०, २१ : २६
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पदयात्राका लागि जाने पर्यटकलाई प्रवेश शुल्क लिने भएको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाले आन्तरिक र बाह्य पर्यटकको लागि प्रवेश शुल्क तोकेको हो ।
गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै शुल्क तिर्न आग्रह गरेको छ । स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटकका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।
गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्नका लागि शुल्क लिन लागेको जनाएको छ । `सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहोर मैला व्यवस्थापन लगायतका काम गर्न पर्यटन सेवा शुल्क लिन गाउँसभाले पर्यटन शुल्क लिने निर्णय गरेको हो,´ अर्यालले भने, `सोही निर्णय अनुसार शुल्क तोकिएको हो ।´
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण