पोखरामा रगत अभाव, रक्तदान कार्यक्रम गरिने
पोखरा । पोखरामा रगत अभाव भएको छ । विरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव भएको प्रदेशस्तरीय रक्त सञ्चार सेवा कार्यालय पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिए । उनका अनुसार पोखरामा दैनिक ८० युनिट हाराहारी रगत खपत हुन्छ । तर दसैंको बेला रक्तदान कसैले नगरेका कारण अभाव भएको हो ।
रगत अभावलाई पुर्ति गर्न रक्तदान कार्यक्रमलाई तीव्रता दिइएको उनले बताए । ‘अहिले रगतको अभाव छ । सबै सामाजिक संघ संस्था र व्यक्तिहरुले रक्तदान कार्यक्रमलाई तिब्रता दिनुपर्ने छ,’ उनले भने, ‘यो अभियान चौतर्फी रुपमा सञ्चालन हुनुपर्छ ।’ रक्त सञ्चारले शुक्रवार र शनिबार रक्तदान कार्यक्रम गरेको थियो । तर जम्मा ५० युनिट रगत मात्रै संकलन भएको छ ।
२०७८ फागुन १ गतेदेखि गण्डकी प्रदेश सरकारले रगत निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । सोही अनुसार कार्यान्वयन भइरहेको ज्ञवालीले बताए । ‘रगत अभावमा धेरै बिरामी र आफन्तलाई समस्या पथ्र्यो । कतिपयले पैसा नभएर रगत किन्न सकेका थिएनन्,’ उनले अघि भने, ‘गण्डकी सरकारले निशुल्क रगत उपलब्ध गराउने निर्णय गरेपछि सबै वर्गका नागरिकलाई सहुलियत मिलेको छ ।’
अरु रगत पनि अभाव हुने अवस्था आइसकेको भन्दै अहिले विशेषगरी बी पोजेटिभ रगतको प्लेटलेसको अभाव छ। प्लेटलेस ब्लड ५ दिन भन्दा धेरै समय भण्डारण गरेर राख्न मिल्दैन । यसका लागि नियमित रक्तदान कार्यक्रम आवश्यक पर्ने उनको भनाई छ । बी पोजिटिभ समूहका रक्तदातालाई रक्तदान गर्न उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण