बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक मंगलवारको संसद् बैठकमा पेस हुने

सोमबार, १३ कात्तिक २०८०, १४ : १८
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मंगलवारको संसद् बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ । 

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो । बैठकले मंगलवार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् । 

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा आज छलफल भएको हो । छलफलपछि समितिका निर्णय सुनाउँदै उनले यो विधेयक अगाडि नै आउनुपर्ने भए पनि ढिलो गरेर भए पनि आएको बताइन् । उनले छलफल उपलब्धिमूलक भएको र विधेयकको प्रतिवेदन मंगलवारको संसद् बैठकमा पेस हुने बताइन् । 

समिति सभापति राईले विधेयकको छलफल सकारात्मक भएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप