सरकारको सक्रियताले दसैँमा ठुलो दुर्घटना भएनः मन्त्री ज्वाला
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताले दसैँमा ठूला सडक दुर्घटना नभएको जिकिर गरेका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले ठूलो दुर्घटना नहुने गरी दशैंमा गाउँघर जाने यात्रुहरुलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताए ।
उनले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न स्थानीय,प्रदेश सरकारको महत्वपूर्ण भुमिकाले पनि यातायात व्यवस्था सहज हुन सकेको बताए । उनले विगतमा भन्दा पछिल्लो समय यात्रुहरु समेत सचेत रहेकाले तत्काल समस्याको सूचना आउने भएकाले समस्या समाधान गर्न सहज भएको बताए ।
मन्त्री ज्वालाले यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनाएको उल्लेख गरे । उनले वर्षको दशैँमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरुलाई सहज रुपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनेको बताए । उनले सरकारको ध्यान चाडपर्वमा यात्रुहरुले सास्ती र क्षती भोग्न नपरोस् भन्नेमा केन्द्रित रहेको भन्दै ठूलो समस्या भोग्नुपर्ने अवस्था सरकारले आउन नदिएको बताए । उनले सडक पूर्वाधारका धेरै गुनासाहरु रहेको भन्दै नारायणघाट,पोखरा मुङलिन सडक खण्डका गुनोसा कम भएको बताए ।
उनले भने,‘यो वर्षको दशैँमा यातायात व्यवस्था सहज बनाउन प्रदेश र स्थानीय सरकारको सहयोगमा सहज भयो । तत्काल हरेक क्षेत्रको सूचना आउने भएकाले सबैसँग तत्काल समन्वय गरी समस्या समाधान गर्न सहज भएको छ । यातायात व्यवस्था सहज बनाउन मिडियाहरुले पनि सहज बनायो । पहिले भन्दा अहिले यात्रुहरु पनि सचेत भएकाले सिधै मन्त्रीलाई नै फोन समेत गर्नु भयो । यो वर्षको दशैँमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यसपटक चाडपर्वमा यात्रुहरुलाई सहज रुपमा यातायात मार्फत गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनायौं ।’
उनले चक्रपथ सडक निर्माण ढिलाको विषयमा सरकारले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पुरा गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण