मावि तहका लागि ७१८ शिक्षकको स्थायी नियुक्ति
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीका लागि स्थायी शिक्षक सिफारिस गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षाको लिखित तथा अन्तर्वार्ता गरेर छनौट भएका ७१८ जनालाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।
सातै प्रदेशबाट विभिन्न विषयको परीक्षामार्फत छनौट भएका उम्मेदवारहरूलाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको हो । गत वर्ष मावि तर्फ १ हजार १८२ जनालाई स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेको थियो ।
आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेद्वारहरूको यहि असोज २१, २४ र कात्तिक २ गते अन्तर्वार्ता सञ्चालन गरेको थियो । आयोगले शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा आयोगले उम्मेदवार छनौट गरेको थियो ।
छनौट भएका उम्मेदवारहरूलाई शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम विषयगत र प्रदेशगत रूपमा योग्यताक्रम सूची नतिजा विवरणसहित स्थायी नियुक्तिका लागि केन्द्रलाई सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
-
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने
-
डेरी क्षेत्रको विकासका लागि पाँच वर्षीय रणनीतिक योजना बनाइने, सरकारसँग नीतिगत सुधारको माग
-
विधानको बाधा अड्काउ फुकाएर केन्द्रीय समिति समायोजनमा मिलेन कुरा
-
ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण