बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट
सोमबार, १३ कात्तिक २०८०, २१ : ४३

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका–८ रापकमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही नगरपालिका–८ रापकका भरतबहादुर रावल र वीरबहादुर रावलको घरमा विद्युत्को तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।
आगलागी भएको खबर प्रहरीलाई गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याएको दुर्गा भञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए ।
आगो नियन्त्रणमा सेनानी सिंहको नेतृत्वमा आगो नियन्त्रणमा आएको छ । आगो लागेर करिब चार लाख बराबरको क्षति भएको छ । विद्युत्को तार सट भएपछि आगलागी भएको हो । आगलागीले लत्ता कपडा, अन्नपात जलेर सखाप पारेको सेनानी सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापालाई प्रश्न : दुई दलीय संयन्त्रमा बसेर सरकारको आलोचना किन ?
-
टाइटनको ब्रान्ड एम्बेसडर बनिन् मिस नेपाल केसी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
-
एनआरएनए विवाद रोचक मोडमा : सत्ता पक्षबाटै दुई अध्यक्ष !