बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट
सोमबार, १३ कात्तिक २०८०, २१ : ४३
बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका–८ रापकमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही नगरपालिका–८ रापकका भरतबहादुर रावल र वीरबहादुर रावलको घरमा विद्युत्को तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।
आगलागी भएको खबर प्रहरीलाई गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याएको दुर्गा भञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताए ।
आगो नियन्त्रणमा सेनानी सिंहको नेतृत्वमा आगो नियन्त्रणमा आएको छ । आगो लागेर करिब चार लाख बराबरको क्षति भएको छ । विद्युत्को तार सट भएपछि आगलागी भएको हो । आगलागीले लत्ता कपडा, अन्नपात जलेर सखाप पारेको सेनानी सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण