तरहरा–धरान सडक निर्माण ढिलासुस्ती समस्या सम्बोधन गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता
विराटनगर । विवेकशील साझा पार्टी कोशी प्रदेश समितिले कोशी राजमार्ग अन्तर्गत तरहरा– धरान सडक खण्ड समयमै निर्माण नहुँदा सर्वसाधारणले खेप्नु परेको सास्तीबारे सरोकारवालालाई ध्यानाकर्षण गराएको छ ।
विवेकशील साझा पार्टीको प्रतिनिधि मण्डलले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई भेटेर निर्धारित समयावधि समाप्त भइसक्दा पनि उक्त सडक खण्ड निर्माण कार्य पूरा नहुँदा सर्वसाधारणले दुःख झेल्नु परेको भन्दै ध्यानाकर्षण गराएको हो ।
प्रदेश अध्यक्ष सुदन श्रेष्ठले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले चाँडै सम्बन्धित निकायलाई बोलाएर प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियार, प्रदेश अध्यक्ष श्रेष्ठ, केन्द्रीय सदस्य वीरेन्द्र गुप्ता, प्रदेश उपाध्यक्ष हेमन्त भट्टराई, सचिव चिरञ्जीवी रेग्मी, सदस्य भुवन थापा, अगुवा सदस्यहरु राजेन्द्रराज कुँवर, पुनितलाल कर्ण, लिला पोखरेल, ईरा श्रेष्ठ, सतिष कर्णसहितको टोलीले प्रदेशको समसामयिक सवालमा मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण गराएको हो ।
भेटवार्तामा पार्टीले प्रकाशन गरेको नेपालको सांस्कृतिक मानचित्र पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारले मुख्यमन्त्री कार्कीलाई हस्तान्तरण गरेका थिए । मानचित्र ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले ऐतिहासिक नेपालको गौरवमय इतिहास झल्काउने सांस्कृतिक मानचित्र आफ्नो कार्यालयमा राखेर प्रचार–प्रसारमा सहयोग गर्ने बताए ।
भेटवार्तामा मुख्यमन्त्री कार्कीले भारतबाट अनियमित तरिकाबाट भित्रिएका कुखुराका कारण नेपाली पोल्ट्री व्यवसायमा परेको नकारात्मक असर नियन्त्रणबारे पनि आश्वस्त पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
-
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण