शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पीडितलाई केन्द्रमा राखेर संक्रमणकलीन न्याय टुंग्याउनुपर्छः महासचिव गुटेरेस

मङ्गलबार, १४ कात्तिक २०८०, १७ : ३०
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भूराजनीतिक तनाव बढ्दै जाँदा विश्व  विभाजन हुँदै गइरहेको बताएका छन् । 

मंगलवार संघीय संसदअन्तर्ग संयुक्त सदनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु प्रकोप घातक शक्तिका तिब्र रुपमा अघि बढीरहेको भन्दै नेपालबाट विश्वले जलवायु परिवर्तनबाट भएका असर रोक्नका लागि पाठ सिक्न सक्ने बताए । उनले नेपाल देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायु सम्बन्धी कार्यको कट्टर समर्थक रहेको बताए । उनले नेपालले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको भन्दै यस्तो प्रक्रियालाई राष्ट्रसंघले समर्थन गर्न पाउँदा खुशी लागेको बताए । उनल सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ टुंग्याउन लाग्दै गरेको भन्दै अन्यायमा परेका पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिनेगरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताए । गुटेरेसले सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए । उनले पीडितलाई केन्द्रमा राखेर संक्रमणकलीन न्याय टुंग्याउनसके दिगो हुने बताए । 

उनले भने, ‘हामीलाई के कुरा थाहा छ भने सङ्क्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ जब यो समावेशी तथा वृहत हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन् । जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ । त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन् । यसका अतिरिक्त जब मानवाधिकार उल्लङ्घनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन् । नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई म स्वागत गर्दछु । तपाईंहरू एक्लो हुनुहुन्न ।’

महासचिव गुटेरेसले विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप