जलवायु परिवर्तनले परेको असरमा विकसित देशहरुले क्षतिपूर्ति दिनुपर्ने कुरा गर्नु खुसीको क्षण : वर्षमान पुन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनमा नेपालले परेको असरमा विकसित देशहरुले क्षतिपूर्ति दिनुपर्ने कुरा गर्नु खुसीको कुरा भएको बताएका छन् ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा महासचिव गुटेरेसले सम्बोधन गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले गुटेरेसले नेपालले जलवायु परिवर्तनको असरमा विकसित देशहरुबाट सहयोग पाउनुपर्ने कुरा गर्नु खुसीको कुरा भएको बताए ।
उनले महासचिव गुटेरेसले प्रभावित देशहरुलाई विकसित देशहरुले सहयोग गर्नु दायित्व भएको कुरा सम्बोधन गर्नुभएको भन्दै नेपालले पाउनुपर्ने सुविधा पाउनुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी कामहरु नेपालका सबै पक्षहरु बसेर मौलिक ढंगले सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने बताए ।
त्यस्तै, सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सांसद शशांक कोइरालाले नेपालको शान्ति प्रक्रिया र जलवायु परिवर्तनको असरहरुको सम्बन्धमा महासचिव गुटरेसले आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताए ।
सांसद कोइरालाले शान्ति प्रक्रियाका बाँकी कामहरु निष्पक्ष रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण