अर्थतन्त्र
चाडपर्वले बजारमा नगद प्रवाह बढ्यो, असोज मसान्तसम्म ६ खर्ब ५८ अर्ब परिचालन !
बुधबार, १५ कात्तिक २०८०, ११ : ०८
काठमाडौँ । मुख्य चाडवार्ड दसैँ–तिहारले बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बजारमा कूल ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ नगद प्रवाह भएको छ ।
यो गत असार मसान्तको तुलनामा ३३ अर्ब २० करोड ३६ लाख रुपैयाँले बढी हो । २०८० असार मसान्तसम्ममा बजारमा कूल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ नगद प्रवाह भएको थियो ।
खासगरी चाडपर्वका बेला सर्वसाधारण उपभोक्ताहरुले उपभोग्य वस्तुको खरिद बिक्री तथा घरायसी खर्चका लागि बैंकहरुबाट पैसा झिक्दा बजारमा पैसा बढ्न पुगेको हो ।
चाडपर्व सकिएसँगै क्रमशः यी पैसा बैंकिङ च्यानमा फर्किने विश्वास गरिएको छ । उसो त अघिल्लो वर्षको यसै समयमा पनि नगद प्रवाह बढ्न पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
-
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए
-
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
-
लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण