सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

चाडपर्वले बजारमा नगद प्रवाह बढ्यो, असोज मसान्तसम्म ६ खर्ब ५८ अर्ब परिचालन !

बुधबार, १५ कात्तिक २०८०, ११ : ०८
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । मुख्य चाडवार्ड दसैँ–तिहारले बजारमा नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा बजारमा कूल ६ खर्ब ५८ अर्ब ९९ करोड १५ लाख रुपैयाँ नगद प्रवाह भएको छ ।

यो गत असार मसान्तको तुलनामा ३३ अर्ब २० करोड ३६ लाख रुपैयाँले बढी हो ।  २०८० असार मसान्तसम्ममा बजारमा कूल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँ नगद प्रवाह भएको थियो । 

खासगरी चाडपर्वका बेला सर्वसाधारण उपभोक्ताहरुले उपभोग्य वस्तुको खरिद बिक्री तथा घरायसी खर्चका लागि बैंकहरुबाट पैसा झिक्दा बजारमा पैसा बढ्न पुगेको हो । 

चाडपर्व सकिएसँगै क्रमशः यी पैसा बैंकिङ च्यानमा फर्किने विश्वास गरिएको छ ।  उसो त अघिल्लो वर्षको यसै समयमा पनि नगद प्रवाह बढ्न पुगेको थियो । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप