भिभो भी२९ई फाइभजी नेपालमा सार्वजनिक
काठमाडौँ । टेक्नोलोजी ब्रान्ड भिभोले भी सिरिजको नयाँ स्मार्टफोन भी२९ई फाइभजी सार्वजनिक गरेको छ । यो स्मार्टफोनको मूल्य रु ४२,९९९ तोकिएको छ ।
कम्पनीका अनुसार कार्तिक १६ देखि१९ सम्म भी२९ई फाइभजीको प्रि–बुकिङ्ग खुला गरिएको छ । भी२९ई फाइभजीको प्रि–बुकिङ्ग गरी ग्राहकहरुले रु ३९९९ मुल्य बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सक्नेछन् ।
साथै, कार्तिक २० देखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुनेछ । यसको अत्याधुनिक विशेषताहरुले गर्दा भिभो भी२९ई फाइभजीले स्टुडियो जस्तो दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । । भी२९ई फाइभजीमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ ।
यो फोन रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध छ । स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजको साथ, हालै लन्च गरिएको भिभो भी२९ई फाइभजीमा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट औरा लाइट पोट्र्रेटको साथ स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतका आकर्षक विशेषताहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण