प्रभु बैंककाे सीईओ शेरचनविरुद्धको रिट खारेज
काठमाडौँ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनविरुद्ध परेको रिट खारेज भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विपरीत शेरचनलाई तेस्रो कार्यकालका लागि सीईओमा पुनः नियुक्ति दिएको भन्दै अधिवक्ता अनिता थापा केसीले उच्च अदालत पाटनमा उनको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेकी थिइन् ।
सीईओ शेरचनविरुद्धको उक्त रिट बुधबार उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश प्रकाश खरेलको इजलासले खारेज गरिदिएको हो ।
प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्जर भएपछि प्रभु बैंकले शेरचनलाई सीईओमा निरन्तरता दिएको थियो । १२ माघ २०७९ मा बसेको प्रभु बैंकको सञ्चालक समितिको बैठकले १५ माघ २०७९ देखि लागु हुनेगरी अशोक शेरचनलाई आगामी ४ वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर्णय गरेको थियो ।
तेस्रो कार्यकालका लागि नियुक्तिविरुद्ध परेको रिट खारेज भएसँगै शेरचनले सफाइ पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण