एक्सिसले देशका ४ सहरमा कन्सर्ट गर्ने
काठमाडौँ । सांगीतिक व्याण्ड एक्सिसले देशका प्रमुख ४ सहरमा कन्सर्ट गर्ने भएको छ । ‘एक्सिस नेपाल टुर’ नाम दिइएको ब्यान्डको कन्सर्ट ललितपुर, भक्तपुर, दमक र काठमाडौँमा हुने भएको ब्यान्डले जनाएको छ ।
कन्सर्टको सुरुवात ब्यान्डले आउँदो शनिवार अर्थात् नोभेम्बर ४ मा ललितपुरको अपटाउन झम्सिखेलबाट गर्नेछ । ब्यान्डका अनुसार कन्सर्ट हेर्न चाहने दर्शकले इ–सेवाबाट टिकट लिन सक्नेछन् ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीइ नेटवर्क)को प्रस्तुति रहने कन्सर्टमा ब्यान्डले ‘तिमी फेरी आउन’, ‘अधुरो प्रेम’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘हे मोरी’, ‘सात समुन्द्र’ र ‘घर गाउँ’ प्रस्तुत गर्नेछ ।
ब्यान्डले दसैँ अघि पोखरा, चितवन, बुटवल र झापामा कन्सर्ट गरेको थियो । यी कन्सर्टमा विशेषतः युवा दर्शकको उल्लेख्य उपस्थिति थियो । कन्सर्टमा एक्सिसले पछिल्लो रिलिज ‘पाइला’ पनि दर्शकलाई सुनाएको थियो ।
पीभीई नेटवर्कका विकेश कायस्थका अनुसार दसैँ अघिको कन्सर्ट निकै सफल भएकोले फेरि आयोजना गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण