अहिले नेपालको कूटनैतिक सम्बन्ध असाध्यै मिलेको छ : प्रवक्ता सापकोटा
बिहीबार, १६ कात्तिक २०८०, १४ : ११
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित भएको दाबी गरेका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसङ्घको महासभामा गरेको सम्बोधन, विश्व नेताहरूसँग भएको साइड लाइन वार्ता, छिमेकी मुलुक चीन र भारतको भ्रमण तथा इटलीमा भएको भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालमय भएको जिकिर गरेका हुन् ।
‘असंलग्न परराष्ट्र सम्बन्धका आधारमा सबैसँग सुमधुर सम्बन्ध राख्छौँ । अहिले हाम्रो कूटनैतिक सम्बन्ध असाध्यै राम्रोसँग मिलेको छ । र, संयुक्त राष्ट्रसङ्घको महासचिवको भ्रमणले कूटनैतिक सफलता उत्कर्षमा पुग्यो । यो दूरगामी महत्वको छ । यसले बहुआयामिक उपलब्धि हासिल गर्न महत्त्वपूर्ण आधार तय गरेको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण