प्रधानमन्त्रीले गरेका विदेश भ्रमणलाई देशको गौरवको रूपमा लिनुपर्छ : वर्षमान पुन
काठमाडौँ । माओवादी केन्द्रका सांसद वर्षमान पुनले प्रधानमन्त्री प्रचण्डले विभिन्न देशमा गरेका भ्रमणलाई राष्ट्रिय गौरवको रूपमा लिनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको प्रतिनिधित्व प्रधानमन्त्रीको भारत, चीन, राष्ट्रसङ्घ तथा इटलीमा भएको भ्रमणलाई देशको गौरवको रूपमा लिनुपर्ने बताए । उनले नेपालमा जलवायु परिवर्तनको असरबारे विश्व समुदायसम्म पुर्याउन राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण पनि उल्लेखनीय भएको बताए ।
सरकारले संसदमा २२ वटा विधेयक दर्ता गरेको बताउँदै ती विधेयक मध्ये कतिपय दर्ताको रूपमा संसदमा रहेको र कतिपय समितिमा विचाराधीन रहेको बताए । मिटरब्याज सम्बन्धी कानुन निर्माणमा कोही पक्ष विपक्ष नभई एकजुट भई पारित गर्नु सकारात्मक विषय भएको सांसद पुनले बताए ।
उनले दलहरू सरकारमा हुँदा र बाहिर हुँदा फरक फरक दृष्टिकोण हुनु उपयुक्त नभएको बताए । उनले भने– ‘हामी आफूले समर्थन गरेको व्यक्ति राष्ट्रपति हुँदा र अर्को पक्षले समर्थन गरेको व्यक्ति राष्ट्रपति हुँदा उस्तै कामलाई पनि हामी फरक दृष्ट्रिकोणले हेर्छौँ । आफू सरकारमा हुँदा प्रस्तुत गरेको विधेयक, आफू सरकारमा हुँदा गरेको त्यही निर्णय अर्को सरकारले गर्दा किन फरक दृष्ट्रिले हेर्छौँ ? त्यही विदेश नीति हुन्छ, त्यही आन्तरिक नीति हुन्छ तर सरकारमा भएको वा नभएको आधारमा किन फरक दृष्टि हुन्छ ?’
सांसद पुनले अगाडि भने– ‘कहीँ न कहीँ हामी संस्थागत दृष्टि बनाउने, संस्था बलियो बनाउने, संस्थागत निर्णयहरूलाई जिम्मा लिने खालको हाम्रो सोच, हाम्रो प्रवृत्ति, हाम्रो संस्कृति बनेन । त्यसकारण बजारमा के बिक्छ, सामाजिक सञ्जालहरूमा के ट्रेन्डिङमा हुन्छ, के प्रचार हुन्छ, त्यस्ता कुरा बोल्ने, इतिहासलाई बिर्सिदिने र आफू कहाँ छौँ त्यही बोल्दिने प्रवृत्ति छ ।’
उनले राज्यका अङ्गहरूलाई बलियो बनाउन नसकेको पनि उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण