मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

शुक्रबार, १७ कात्तिक २०८०, १५ : ४८
शुक्रबार, १७ कात्तिक २०८०

जनकपुरधाम । महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ बजे महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमरपुराको बिगही नदी किनारमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका ३ बस्ने अन्दाजी ३६ वर्षीय रामगुलाम यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए । मल लिएर खेतमा जाँदै गरेको प्रदेश २–०२–००१ त १९६९ नम्बरको सो ट्याक्टर तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लैजाने तयारी गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप