महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
शुक्रबार, १७ कात्तिक २०८०, १५ : ४८
जनकपुरधाम । महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ बजे महोत्तरीको लोहरपट्टी नगरपालिका ८ भ्रमरपुराको बिगही नदी किनारमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका ३ बस्ने अन्दाजी ३६ वर्षीय रामगुलाम यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी एवं प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिए । मल लिएर खेतमा जाँदै गरेको प्रदेश २–०२–००१ त १९६९ नम्बरको सो ट्याक्टर तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लैजाने तयारी गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण