१३९ बोरा गहुँको बिउ र गाडीसहित चालक पक्राउ
शनिबार, १८ कात्तिक २०८०, ११ : ५४
रौतहट । भारतबाट अवैधरुपमा भित्र्याइएको १३९ बोरा गहुँको बीउ बोकेको पिकअप गाडीसहित चालकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। सीमावर्ती भारतीय बजार बैरगनियाबाट बीउ बोकेको प्रदेश २–०३–००१ च.२१३८ को पिकअप गाडी शुक्रवार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाडीका चालक गौर ७ का ४४ वर्षीय वीरेन्द्र राय यादव पनि पक्राउ परेका छन् । चेकजाँचको क्रममा भन्सार छल गरी ल्याइएका १३९ बोरा गहुँको बिउ फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दामोदर केसीले बताए ।
गाडी र चालक आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण