१३९ बोरा गहुँको बिउ र गाडीसहित चालक पक्राउ
शनिबार, १८ कात्तिक २०८०, ११ : ५४

रौतहट । भारतबाट अवैधरुपमा भित्र्याइएको १३९ बोरा गहुँको बीउ बोकेको पिकअप गाडीसहित चालकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। सीमावर्ती भारतीय बजार बैरगनियाबाट बीउ बोकेको प्रदेश २–०३–००१ च.२१३८ को पिकअप गाडी शुक्रवार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
गाडीका चालक गौर ७ का ४४ वर्षीय वीरेन्द्र राय यादव पनि पक्राउ परेका छन् । चेकजाँचको क्रममा भन्सार छल गरी ल्याइएका १३९ बोरा गहुँको बिउ फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दामोदर केसीले बताए ।
गाडी र चालक आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन