अनेरास्ववियुले चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो
शनिबार, १८ कात्तिक २०८०, १३ : १५
काठमाडौँ । अनेरास्ववियुले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली पठाएको छ । अनेरास्ववियु केन्द्रीय सचिव डा.सुजन कडरियाको नेतृत्वमा चिकित्सकको टोली जाजरकोट र पश्चिम रूकुममा पठाएको हो । उक्त टोलीमा सञ्जिव धिताल, आईओएम स्ववियु सभापति डा.आनन्द सिंह र एनएमएसएमा आबद्ध चिकित्सकहरूलाई त्यसतर्फ पठाईएको अनेरास्ववियुले जनाएको छ।
अनेरास्ववियुले भूकम्प प्रभावितको उद्दार, राहत तथा पुनःस्थापन जुट्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ । आज बसेको अनेरास्ववियु केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले भूकम्प पीडित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा राहत तथा उद्धार कार्यमा सम्पूर्ण जुट्न निर्देशन दिएको हो । आवश्यक थप समन्वय केन्द्रीय कार्यलयबाट कार्यालय कमिटीले गर्ने अनेरास्ववियुले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण