आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुले चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा पठायो

शनिबार, १८ कात्तिक २०८०, १३ : १५
शनिबार, १८ कात्तिक २०८०

काठमाडौँ । अनेरास्ववियुले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली पठाएको छ । अनेरास्ववियु केन्द्रीय सचिव डा.सुजन कडरियाको नेतृत्वमा चिकित्सकको टोली जाजरकोट र पश्चिम रूकुममा पठाएको हो । उक्त टोलीमा सञ्जिव धिताल, आईओएम स्ववियु सभापति डा.आनन्द सिंह र एनएमएसएमा आबद्ध चिकित्सकहरूलाई त्यसतर्फ पठाईएको अनेरास्ववियुले जनाएको छ। 

अनेरास्ववियुले भूकम्प प्रभावितको उद्दार, राहत तथा पुनःस्थापन जुट्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ । आज बसेको अनेरास्ववियु केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले भूकम्प पीडित क्षेत्र जाजरकोट र पश्चिम रुकुममा राहत तथा उद्धार कार्यमा सम्पूर्ण जुट्न निर्देशन दिएको हो । आवश्यक थप समन्वय केन्द्रीय कार्यलयबाट कार्यालय कमिटीले गर्ने अनेरास्ववियुले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप