चन्द्रागिरिमा माटोको ढिस्कोमा पुरिएर १ जनाकाे मृत्यु
रौतहट । काठमाडौँ चन्द्रागिरिमा माटोको ढिस्कोमा पुरिएर रौतहटको एकजना पुरुषको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–५ स्थित ढल खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर रौतहट ईशनाथ नगरपालिका–६ पल्टुवाका ४२ वर्षीय छोटेलाल साहको मृत्यु भएको हो।
रौतहट निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य किरण साहका अनुसार शुक्रबार अपराह्न मृत्यु भएको खबर पाए लगतै घटनास्थल पुगेर सत्य तथ्य बुझी निर्माण व्यवसायीबाट पीडित मृतक परिवारलाई ५ लाखको चेक र १ लाख नगद गरी ६ लाख क्षतिपूर्ति दिने गरी सहमति गराएको थियो। सहमतिपछि शनिबार
शिक्षण अस्पतालमा मृतकको शवको पोस्टमार्टम गराइ अन्तिम संस्कारको लागि एम्बुलेन्समा घर पठाउने व्यवस्था मिलाएको साहले जानकारी दिए।
रौतहट निर्वाचन क्षेत्र २ अन्तर्गत ईशनाथ नगरपालिका घर भएका मृतक साह लामो समयदेखि सपरिवार काठमाडौँ बसेर दैनिक ज्यालादारीमा काम गर्दै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण