माओवादीद्वारा पूर्वनिर्धारित कार्यक्रम स्थगित, भूकम्प पीडितको उद्धार र राहतमा परिचालित हुन सर्कुलर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले शनिबारका लागि निर्धारण गरेको शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै माओवादीद्वारा सञ्चालित अभियानका क्रममा शनिबारलाई आयोजित शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरिएको एक नेताले जानकारी दिए ।
ती नेताका अनसार संकटको यस घडीमा पार्टीको कर्णाली प्रदेश कमिटीलगायत भुकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवस/मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ । यसबारे एक सर्कुलर नै जारी गर्दै केन्द्रीय कार्यालयले मातहतका कमिटीलाई निर्देशन दिएको बताइएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति ११ः४७ मा गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । माओवादीले भूकम्पमा परी ज्यान गुमाएका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तहरुमा गहिरो समवेदना व्यक्त गरेको छ । त्यसैगरी सम्पूर्ण घाइतेहरुको उचित उपचारको माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण