माओवादीद्वारा पूर्वनिर्धारित कार्यक्रम स्थगित, भूकम्प पीडितको उद्धार र राहतमा परिचालित हुन सर्कुलर
काठमाडौँ । नेकपा माओवादी केन्द्रले शनिबारका लागि निर्धारण गरेको शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै माओवादीद्वारा सञ्चालित अभियानका क्रममा शनिबारलाई आयोजित शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरिएको एक नेताले जानकारी दिए ।
ती नेताका अनसार संकटको यस घडीमा पार्टीको कर्णाली प्रदेश कमिटीलगायत भुकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवस/मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ । यसबारे एक सर्कुलर नै जारी गर्दै केन्द्रीय कार्यालयले मातहतका कमिटीलाई निर्देशन दिएको बताइएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति ११ः४७ मा गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । माओवादीले भूकम्पमा परी ज्यान गुमाएका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तहरुमा गहिरो समवेदना व्यक्त गरेको छ । त्यसैगरी सम्पूर्ण घाइतेहरुको उचित उपचारको माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण