धुलिखेलमा पुनः प्याराग्लाइडिङ सुरु हुँदै
शनिबार, १८ कात्तिक २०८०, १५ : २४

काठमाडौँ । धुलिखेलमा पुनः प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ । बिश्व बजार प्याराग्लाइडिङको लगानीमा सुरु भएको प्याराग्लाइडिङ स्थानीय समस्याका कारण रोकिएको थियो । केही समय रोकिएको प्याराग्लाइडिङ यही सातादेखि पुनः सुरु हुने भएको हो ।
संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृती पाएसँगै धुलिखेमा प्याराग्लाइडिङ सुरु भएको थियो । असार अन्तिममा कम्पनीको औपचारिक उद्घाटन भएपनी कम्पनी संचालन हुन सकेको थिएन ।
स्थानिय स्तरमा आइलागेको कानूनी समस्या समाधानपछि पुनः उडान सुरु हुन लागेको कम्पनीका अध्यक्ष किरण कार्कीले जानकारी दिए । काठमाडौं बाट ३० किलोमीटरको दुरिमा रहेको धुलिखेल आँफैमा पर्यटकिय गन्तब्य रहेको र प्याराग्लाइडिङले थप टेवा पुर्याउने धुलिखेल नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बिनोद गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला
-
पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम