फिल्म क्षेत्रमा कलाकारको छाल आएको छ – रेखा थापा
काठमाडौँ । अभिनेत्री रेखा थापाले पछिल्लो समय फिल्म क्षेत्रमा कलाकारको राम्रो छाल आएको बताएकी छन् । फिल्म क्षेत्रमा कलाकारको छाल आउँदा हिरोहरू मिस भइरहेको उनको तर्क छ ।
शुक्रबार फिल्म ‘उपहार’ गीत रिलिज कार्यक्रममा रेखाले हिरोहरूको परिभाषा बदलिएको समेत धारणा राखेकी छन् । ‘हामीले हिरो भन्ने बित्तिकै राजेश हमाल, भुवन केसीहरूलाई हेर्दै आएका थियौँ । तर, मेरो जेनेरेसनमा हिरोको परिभाषा केही बदलियो । अहिले हिरो भन्दा कलाकारहरू स्थापित भइरहेका छन् ।’ हिरोहरू झगडा लगायत विभिन्न कारणले मिस भएको उनको भनाई थियो ।
‘अहिले हिरोले होइन, कलाकारको कारणले पनि फिल्म चल्छ’ रेखाले थपिन् । फिल्म क्षेत्रमा आफूले सधैँ नयाँ हिरोलाई मौका दिएको र आफूलाई नयाँ हिरोहरू लक्की पनि बन्ने गरेको बताइन् । फिल्म ‘उपहार’मा रहेका समर्पणजंग कार्की पनि हिरोको रूपमा उदाउने रेखाको तर्क थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण