बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

१० हजार भन्दा बढी टेन्ट लिएर सशस्त्र प्रहरी प्रभावित क्षेत्रमा

आइतबार, १९ कात्तिक २०८०, ११ : १५
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनरमा टेन्ट पठाएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज  राजधानीबाट तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो ।

उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको हो  ।
यसअघि भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम  कन्टेनर पठाइसकिएको सशस्त्र प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप