१० हजार भन्दा बढी टेन्ट लिएर सशस्त्र प्रहरी प्रभावित क्षेत्रमा
आइतबार, १९ कात्तिक २०८०, ११ : १५
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनरमा टेन्ट पठाएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज राजधानीबाट तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो ।
उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको हो ।
यसअघि भूकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाइसकिएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण