कोरियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली जज
काठमाडौँ । दक्षिण कोरियाको मुजुमा आयोजना भइरहेको विश्व तेक्वान्दो पुम्से ओपन च्यालेन्जमा नेपालका अन्तर्राष्ट्रिय जज अशोक खड्काले जजको भूमिका निर्वाह गरिरहेका छन् । यो प्रतियोगिता विश्व तेक्वान्दो र दक्षिण कोरियाली सरकारले आयोजना गरेको वल्र्ड र्याङ्किङ (जी—फोर) अन्तर्गतको प्रतियोगिता हो ।
खड्का तेक्वान्दोमा क्यारोगी, पुम्से र पारा विधाका अन्तर्राष्ट्रिय जज हुन् । उनले गत वर्ष बुल्गेरियामा भएको विश्व तेक्वान्दो प्रतियोगितामा पनि जजको भूमिका निर्वाह गरेका थिए । उनी नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष पनि हुन् ।
खड्काले अस्ट्रेलियामा आयोजित गोल्डकोस्ट ओपनको दुई संस्करणमा स्वणर् पदक पनि जितेका छन् । उनले हालै वल्र्ड तेक्वान्दो एकेडेमीले आयोजना गरेको अन्तर्राष्ट्रिय एक्जामिनर कोर्षसमेत उत्तिणर् गरेका थिए । उनी पुम्से विधाका अन्तर्राष्ट्रिय प्रशिक्षक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण