बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आईएमई ग्रुपले भूकम्प प्रभावितलाई एक करोड ५० लाख सहयोग गर्ने

आइतबार, १९ कात्तिक २०८०, १७ : ५६
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । आईएमई ग्रुपको तर्फबाट जाजरकोट लगायतका क्षेत्रका भूकम्प पीडितहरूको राहतका लागि १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग घोषणा भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स लिमिटेड र  आइएमई लिमिटेड लगायत आईएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेसनमार्फत उक्त आर्थिक सहयोग घोषणा भएको हो ।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।  शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठुलो जनधनको क्षति भएको छ ।

सो क्षेत्रमा आईएमई ग्रुप तथा आईएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग  समेत उपलब्ध गराउने बताएको छ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आईएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि उद्धार र राहतमा हर सम्भव सहयोगका लागि जुटेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप