मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रुकुमेली युवाहरूको पहलमा राहत सामाग्री प्रभावित क्षेत्र पठाइयो

आइतबार, १९ कात्तिक २०८०, १८ : ५४
आइतबार, १९ कात्तिक २०८०

काठमाडौँ । रुकुम (पश्चिम) र जाजरकोट लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रमा सहयोगका लागि काठमाडौँमा रहेका रुकुमेली युवाहरूले जिन्सीका समान संकलन गरी प्रभावित क्षेत्र पठाएका छन् । माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष  सरल सहयात्रीको पहलमा ४० थान बक्स टेण्ट र ३ बन्डल म्याट्रीक्स संकलन गरेका छन् । 

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माको पहलमा  महिला दिदिबहिनीहरुको लागि १०० थान तातो बर्को, १०० थान तन्ना र १०० थान लेह्ङ्गा उपलब्ध गराएको लोकेन्द्र ऐरीले जनकारी दिए । 

उनका अनुसार सहयोग जुटाउने प्रयास निरन्तर जारी रहेको र अन्य सामान पनि भोलि पठाउने तयारी गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप