सिंघम अगेनमा अक्षयकुमार पनि
मुम्बई । बलिउड अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘सिंघम अगेन’ को चर्चा यतिबेला उच्च छ । रोहित शेट्टीको निर्देशन रहेको फिल्म सिंघम फ्रेन्चाइजीको तेस्रो फिल्म हो ।
यो फिल्ममा अजय देवगनको मुख्य भूमिका रहेको छ । यसअघि नै यो फिल्मका अन्य ठुला स्टार काष्टको नाम घोषणा भइसकेको छ । अब यो फ्रेन्चाइजीमा अर्का ठुला अभिनेता पनि प्रवेश गर्दैछन् ।
ती स्टार अरु कोही नभएर अक्षय कुमार हुन् । फिल्ममा अक्षयकुमार एटीएस चीप वीर सूर्यवंशीका रूपमा देखिनेछन् । आइतबार रोहित शेट्टीले फिल्ममा खेल्न लागेका पात्रको लुक शेयर गरेका थिए । सो लुकमा उनी हेभी–ड्युटी एक्सन सिनको बीचमा हेलिकप्टरबाट हाम फालिरहेको देखाइएको छ ।
‘सिंघम अगेनमा हामीले त्यही गरिरहेका छौँ, जुन हाम्रा फ्यान चाहन्थे......अक्षयकुमार अनि हेलिकप्टर !’ पोस्ट शेयर गर्दै शेट्टीले लेखेका छन् । सिंघम अगेनमा सूर्यवंशीलाई हेर्न तयार हो त ? भन्दै शेट्टीले पोष्टमा फ्यानहरूलाई प्रश्न पनि गरेका थिए ।
सिंघम अगेनमा अक्षय देवगनबाहेक रणवीर सिंह, दीपिका पादुकोण, टाइगर श्रफको साथमा करिना कपुर पनि छिन् । फिल्म भ्रष्टाचार, आतकंवाद र महिलासँग सम्बन्धित मामिलामा केन्द्रित रहने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण