आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा रु. २५ लाख सहयोग

सोमबार, २० कात्तिक २०८०, १४ : ३६
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट भएको क्षतिपछि सानिमा बैंकले सहयोग गर्ने निर्णय गरेको छ । 
विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो । 

बैंकले भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप