भूकम्प पीडितलाई सहयोग गर्न इक्यानद्वारा राहत कोष स्थापना
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले भूकम्प पीडितहरूका लागि सहयोग गर्न राहत कोषको स्थापना गरेको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण पीडित भएकाहरूलाई सहयोग गर्न इक्यानले राहत कोषको स्थापना गरेको हो ।
उक्त कोषमा तत्काल ५ लाख ६ हजार रूपैयाँ जम्मा गरिएको छ । अन्य सदस्य संस्थाहरूबाट थप सहयोग लिएर उक्त कोषमा जम्मा भएको पैसा पीडितहरूलाई प्रदान गरिने इक्यानका अध्यक्ष शेषराज भट्टराईले बताए । ईक्यानको कोषबाट तीन लाख १ हजार र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूबाट २ लाख ५ हजार गरी तत्काल ५ लाख ६ हजारको कोष स्थापना गरेको हो ।
इक्यानले आफ्ना सम्पुर्ण सदस्यहरू तथा शुभ चिन्तकहरूलाई समेत उद्धार र राहत सहयोग गर्न अपिल गरेको छ । इक्यानले स्थापना गरेको कोषमा आर्थिक सहयोग गर्न अपिल गरिएको र उक्त सहयोग रकम पीडितहरूलाई प्रदान गरिने अध्यक्ष भट्टराईले बताए ।
राष्ट्रिय विपतको घडिमा सबैले हातमा हात तथा साथमा साथ मिलाएर भुकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउनुपर्ने उनको भनाई छ । सहयोग गर्नका लागि संस्थाको आधिकारिक खातामा पैसा जम्मा गर्न सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण