आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

नेपाली नेतालाई पालै-पालो चीन भ्रमणको निम्तो : आज माधव नेपाल पनि चीन जाँदै

मङ्गलबार, २१ कात्तिक २०८०, ०८ : ३८
मङ्गलबार, २१ कात्तिक २०८०

चीन । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपाली नेताहरुलाई पालैपालो जनवादी गणतन्त्र चीन भ्रमणको निम्तो दिएरहेको छ । सेप्टेम्बर महिनाको अन्तिम साता एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमणपछि चीनले पालैपाले दुई पूर्व प्रधानमन्त्रीको चीनमा स्वागत गरेको हो । 

गत अक्टोवर १८ मा राजधानी बेइजिङ्मा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फोरममा सहभागी हुन पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन आएका थिए ।  सोही पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार  राति चीन आइपुग्दैछन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा साताव्यापी चीन यात्रामा आउन लागेका नेपालसँग १४ जनाको टोली रहेछ । नेपाल नेतृत्वको टोलीले युनान प्रान्तको खुमनिङ शहरबाट भ्रमण शुरु गर्छन् ।

नेपाली समय अनुसार मंगलबार साँझ चाइना इष्टनको काठमाडौं खुमनिङ सीधा उडानबाट चीन आउन लागेका अध्यक्ष नेपाल टोलीसँग बुधबार युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल कार्यक्रम राखिएको छ । अध्यक्ष नेपाल नेतृत्वके टोलीमा कृषिमन्त्री डा. बेदुराम भुषाल पनि सहभागी रहने छन् । 

युनान प्रान्तको आधुनिक कृषि प्रविधिका बारेमा टोलीलाई जानकारी दिने र युनान र नेपाल सरकारबीच कृषि प्रविधि आदानप्रदानका विषयमा छलफल हुने जनाइएको छ । युनान प्रान्तमा हुने राजनीतिक भेटघाट सकिएपछि अध्यक्ष नेपालको टोली राजधानी बेइजिङ पुगेर चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका नेताहरुलाई भेट र छलफल गर्नेछन् ।

नोभेम्बर १४ (कार्तिक २८) गते फर्किनुअघि नेपालको टोलीले दुई राजनीतिक दलबीचको सहकार्यका बारेमा छलफल गर्नेछन् । यसअघि, गत सेप्टेम्बर ३ देखि (भाद्र ३ देखि दुई हप्ता) चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा नेकपा (एमाले)का महासचिव शकर पोखरेल नेतृत्वको २१ सदस्यीय टोलीले पनि चीन भ्रमण गरेको थियो ।

पोखरेलको टोलीले चीनको प्रमुख शहर छोङछिङ, राजधानी बेइजिङ र अर्को शहर छिङहाईको भ्रमण गरेको थियो । बेइजिङ् यात्रामा पोखरेलले सीपीसीका विदेश विभाग प्रमुख एवं पोलिटव्यूरो सदस्य लिउ जियनचाओ बीच भेटवार्ता गरेका थिए । महासचिव पोखरेल नेतृत्वको टोलीमा एमालेका नेता एवं पत्रकारहरु सहभागी थिए । 

त्यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटा गत मे १९ देखि १० दिने चीन भ्रमण गरेका थिए । सापकोटा नेतृत्वको टोलीमा  माओवादी २० जना नेता सहभागी थिए । चीनको स्वसासित क्षेत्र तिब्बत र कैलाश मानसरोबर यात्राबाट चीन यात्रा शुरु गरेको टोली राजधानी बेइजिङ पुगेको थियो । 

कोभिड महामारीका कारण स्थागित भएको भ्रमणलाई पुरानै लयमा फर्काउने गरी गत अप्रिलदेखि चीनले नेपाली नेताहरुलाई पालैपालो बोलाइरहेको छ ।

असल छिमेकी– भ्रमण नियमित 

‘नेपाल–चीन बीच भ्रमण र आदानप्रदान अझै वाक्लो हुँदै जाने छ’बढ्दै जाने सिचुवान प्रान्तको राजधानी छेङ्तुस्थित दक्षिण एसियाली अध्ययन केन्द्रका अध्येता स्आयो माले  भने,‘ नेपाल चीनको असल छिमेकी र मित्र देश हो ।’ 

चीनका नेताहरु पनि नेपाल भ्रमण भइरहेको छ । नेपालबाट पनि नेताहरु चीन भ्रमण गर्ने क्रम पछिल्लो समय अलि बढेको हो,' अध्येता माले भने,‘ नेपालमात्र होइन दक्षिण एसियाली देशका नेताहरुको चीन भ्रमण बाक्लो भएको छ ।’  

पछिल्लो समय चीनले आफ्ना छिमेकी देश र सीमा जोडिएका १४ वटा देशका राजनीतिक दलका नेता, अध्येताहरुलाई चीन भ्रमणको निम्तो दिइरहेको छ । चीनले नेपालका सबै राजनीतिक दलका नेताहरुलाई पालैपालो चीन भ्रमणको निम्तो दिदै जानेछ । 

आगामी दिनमा चीनबाट चिनियाँ पर्यटकहरु नेपाल भित्राउने अभियान पनि शुरु हुने छ । चिनियाँ नागरिकहरुले नेपालको भ्रमण गर्नेछन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा सन् २०२५ मा चीनमा नेपाल भ्रमण बर्ष घोषणाको निर्णय भएको थियो ।  

भूकम्पमा चीनको राहत  

गत शुक्रबार राति नेपालको जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चीन सरकारले १० करोड बराबारको राहत सामग्री दिने घोषण गरेको थियो । राहत सामग्री ठूलो टेन्ट, २३०० सय थान, ब्लाकेट, ७०० सय, त्रिपाल र स्पेलगायतका सामग्री मंगलबारसम्म नेपाल पुगिसक्ने ब्यबस्था चीनले मिलाएको छ ।

सडक मार्ग हुँदै चीनको जिलोङ काउन्टीबाट रसुवा हुँदै काठमाडौं पुग्ने ब्यबस्था मिलाइएको छ । भूकम्प लगत्तैं चीनले सो राहत सामग्री दिने घोषणा गरेको हो ।  

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप