शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंकद्वारा भूकम्प पीडितका लागि आर्थिक सहयोग

मङ्गलबार, २१ कात्तिक २०८०, २१ : ३०
मङ्गलबार, २१ कात्तिक २०८०

कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई गते शुक्रबार गएको भुकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोट सँगको समन्वयमा आर्थिक सहयोग गरेको छ । सो अन्तर्गत बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भुकम्प प्रभावित राहत कोषमा रु. ५ लाख आर्थिक सहयोग गरेको हो । 

उक्त रकम ज्योति विकास बैंकका तर्फबाट जाजरकोट शाखाका शाखा प्रबन्धक वीरेन्द्र बहादुर ऐडीद्वारा जाजरकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गरे । 

ज्योति विकास बैंकले जाजरकोट स्थित शाखा मार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा समन्वय र सहयोग गर्दै आएको छ। बैंकले आगामी दिनहरुमा पनि जाजरकोटस्थित शाखा कार्यालय मार्फत दिर्घकालिन र दीगो कार्यक्रमहरुलाई निरन्तरता दिने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप