बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

‘हिरोज्’को एकसाथ आयो  ‘पप्पी देउन’ र ‘मिहिनेत आफै गर’ गीत

मङ्गलबार, २० चैत २०७४, १३ : ४४
मङ्गलबार, २० चैत २०७४


काठमाडौं – निर्माता पूर्णीमा लामाले आफ्नो चलचित्र ‘हिरोज्’का दुई गति एकसाथ मा ल्याएकी छन् । प्रदर्शनको मिति नजिकीदै गर्दा उनले हतारमा गति सार्वजनिक गरेकी हुन् । 

२३ चैत्र अर्थात् अबको शुक्रबारदेखि प्रदर्शन हुन लागेको हिरोज्को सार्वजनीक भएका ती गीत हुन– पप्पी देउन र मेहनत आफै गर ।  गीतमा पप्पी देउन प्राश्ना शाक्य र टंक बुढाथोकीले गाएका छन् ।

टंककै शब्द र संगीत रहेको गीतको कोरियोग्राफर कविराज गहतराज हुन् । सो गीतमा पूर्णीमा लामा र संजोग राणाका डान्स छ । त्यसैगरी कविराजले नै कोरियोग्राफी गरेको मेहनत आफै गर बोलको गीतमा भने राजेश पायल राई,जुनु रिजाल,रन्जीत शाहनी र डेबिट शंकरको स्वर छ । बिकास चौधरीले संगीत भरेको यो गीत संजोग राणाले लेखेका हुन् । यो गीतमा करिश्मा मानन्धर, पूर्णीमा लामा, संजोग राणा, ज्याक श्रेष्ठ दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति लगायतलाई प्रस्तुत गरिएको छ । 

सडक बालबालिकाको समस्या, चेलीबेली बेचबिखन,बेरोगजारीलगायत तथा राजनीतिक अस्थितिरता लगायतको बिषयमा निर्माण गरिएको चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, मुकेश ढकाल,पूर्णीमा लामा, संजोग राणा, दिलकृष्ण श्रेष्ठलगायतले अभिनय गरेका छन् । लक्ष्मी लामाको प्रस्तुत रहेको चलचित्र झण्डै पाच दर्जन हलमा एकसाथ प्रदर्शनमा आउन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप