बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

काभ्रेस्थलीमा केशुले भेटिन् ‘झिल्के भेना’

मङ्गलबार, २० चैत २०७४, १३ : ४७
मङ्गलबार, २० चैत २०७४

काठमाडौं – गायिका केशु गुरुङको काभ्रेस्थलीमा ‘झिल्के भेना’ भेटेकी छन् । उनले ‘झिल्के भेना’ बोलको कौरा गीत माथी बन्नेृ म्युजिक भिडियो छायांकनमा भेना भेटेकी हुन् । 
खुर्पेटो नाम्लो भिरेर साली वनमा हिँडेको
टाढैबाट भेनाले साली चिनेको सैसै...

दुर्गा गुरुङ,  टिका पुन,  तेजेन्द्र दुरा र केशु गुरुङले गाएको उल्लेखित कौरा गीतको भिडियो हालै काभे्रस्थली स्थित एक घरमा छायांकन गरिएको छ । भिडियोमा साली अर्थात् सोल्टिनीको भूमिका गायिका केशु गुरुङ देखिएकी छन् भने झिल्के भेनाको भूमिका मोडल आनन गुरुङले निर्बाह गरेका छन् । भिडियोमा केशु र आननको जोडी सुहाएको देखिन्थ्यो ।
गुरुङ पहिचान बोकेको कौरा गीतमा मोडलिङ गरेपछि केशुले भनिन्, ‘आफ्नो कल्चरल भिडियोमा अभिनय गर्दा रमाइलो लाग्यो ।’ भिडियोमा सोल्टी–सोल्टिनीको भूमिका भएकाले झनै छुट्टै रमाइलो अनुभव भएको केशुले सुनाइन् ।
रेवत राना मगरको लय, रेशम गुरुङको शब्दरचना र दुर्गा गुरूङको म्युजिक संयोजन रहेको यस भिडियोको निर्माण रेवत मगर र रेशम गुरूङले गरेका हुन् । राजु गुरुङले निर्देशन गरेको यस कौरा भिडियोमा पर्सन गुरुङले कोरियोग्राफी गरेका छन् । 
यो भिडियो चाँडै नै दर्शक तथा श्रोतामाझ आउने बताइएको छ । स्वास्थ्यकर्मी समेत रहेकी गायिका केशु गुरुङ यसै भिडियोका लागि दमौलीबाट राजधानी आएकी छन् । यसै मौकामा एउटा गीत रेकर्डिङ गरेर दमौली फर्किने केशुले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप