हुण्डीको २६ लाख ५७ हजारसहित इन्द्रचोकबाट २ जना पक्राउ
बुधबार, २२ कात्तिक २०८०, १३ : ३२
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको २६ लाख ५७ हजार नगदसहित इन्द्रचोकबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको गेरूवा गाउँपालिका–२ घर भएर जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल छन् ।
उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुंगेलले रातोपाटीलाई बताए । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले सोडारीको साथबाट नगद बरामद गरेको हो । सो रकम अभिषेकले दिएको बयानका आधारमा उनि पनि पक्राउ परेका हुन् ।
घटनारबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण