प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ९५ लाख रकम जम्मा
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ । यो रकम गत आइतबारदेखि मंगलबारसम्मको हो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि अपिल गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार मंगलबारसम्म बैंकमा जम्मा भएको रकम ५ करोड ९५ लाख रुपैयाँ हो । उनका अनुसार सहयोगी दाताहरुबाट प्रधानमन्त्रीलाई हस्तान्तरण भएको चेक सम्बन्धित बैकमा क्लियरेन्सका लागि पठाइएको छ । उनले भने,‘ हामीले तोकेको बैंकहरुका खातामा अहिलेसम्म जम्मा भएको रकमको विवरण यही हो, थुप्रै चेकहरु आएका छन्, बैंकमा क्लियरेन्सका लागि पठाएका छौँ ।’
सरकारी कर्मचारीको तलब काटिने
भूकम्प पीडितलाई सहयोगार्थ सरकारी कर्मचारीको तलब कट्टा हुने भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार सहसचिवदेखि मुख्यसचिवसम्मको तीन दिनको, शाखा अधिकृतदेखि उपसचिवसम्मको दुई दिनको र यस मुनिका तहका कर्मचारीको एक दिनको तलब कट्टा गरिने भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखा प्रमुख भण्डारीका अनुसार तलब कट्टाका लागि सम्बन्धित कार्यालयहरुलाई मन्त्रालयमार्फत जानकारी गराइसकेका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण