ह्याङओभरलाई गुडबाई : आधा घण्टामा रक्सीको मात उतार्ने पेय पदार्थ
काठमाडौँ । मानिसको रगतमा रक्सीको मात्रा घटाउने दाबी गरिएको पेय पदार्थ ‘सेफ्टी सट’ यो वर्ष सार्वजनिक गरिने भएको छ । यसले मानिसको शरीरमा रहेको रक्सीको मात्रा एक घण्टाभन्दा कम समयमा घटाउने दाबी गरिएको छ जसले ह्याङओभरको समस्या हट्ने यसका निर्माताको भनाई छ ।
विश्वभर ह्याङओभर निको पार्ने उत्पादनहरूको बजार बढ्दो रहेको छ । विज्ञहरूले सन् २०३० सम्म यसको बजार ६ अर्ब डलर बराबरको हुने प्रक्षेपण गरेका छन् । चाँडो रूपमा बढ्दो बजार भनेको यहाँ प्रतिस्पर्धा पनि तीव्र हुन्छ । यहाँ पनि ठ्याक्कै त्यस्तै भइरहेको छ । सयौँ स्टार्टअपहरू यस बजारमा आफूलाई स्थापित गर्न तँछाडमछाड गरिरहेका छन् ।
यसमध्ये कै एउटा कम्पनी हो, सेफ्टी सट । यसलाई पहिले जुपिटर वेलनेस भनेर चिनिन्थ्यो । यसको आगामी उत्पादन सन् २०२३ को अन्त्यतिर सार्वजनिक गर्ने तयारी छ । यसलाई ‘पेय पदार्थको नवप्रवर्तनमा प्रतीक’ को रूपमा कम्पनीले व्याख्या गरेको छ । कम्पनीका अनुसार यस पेय पदार्थ प्रयोग गरिएको फर्मुलाले ३० मिनेटमा नै मानिसको शरीरको रगतमा रहेको रक्सीको मात्रा आधाले घटाउनेछ । यसले मानिसहरूलाई ‘अल्कोहल पोइजनिङ र ‘ह्याङओभर’को जोखिमबाट जोगाउने कम्पनीले जनाएको छ ।
वैज्ञानिकद्वारा प्रमाणित सामग्री प्रयोग गरेर बनाइएको ‘सेफ्टी सट’ ले मानिसको पाचन प्रक्रियालाई बढाएर रगतमा रहेको रक्सीको मात्रालाई घटाउने तथा मानिसको पेटमा एउटा सुरक्षात्मक कवच बनाएर थप रक्सीलाई शरीरमा सोस्नबाट रोक्ने बताइएको छ । कम्पनीका अनुसार यो पेय पदार्थ अमेरिकामा डिसेम्बरबाट उपलब्ध हुनेछ र निकट भविष्यमा अन्य बजारमा पनि यसलाई पठाइनेछ ।
यो पेय पदार्थ करिब ३५० मिलीलिटरको क्यानमा उपलब्ध हुनेछ । यसको मूल्य प्रति क्यान ४.९९ अमेरिकी डलर राखिएको छ भने चार क्यानको प्याकलाई १९.९९ अमेरिकी डलर पर्नेछ । यसलाई अमेरिकाभरको फार्मेसीबाट बिक्री गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण