नरहा गाउँपालिकाका वडा अध्यक्षहरूद्वारा आन्दोलनको चेतावनी
सिरहा । सिरहाको नरहा गाउँपालिकाका वडा अध्यक्षहरूले सात दिनभित्र आफ्ना मागहरू पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । पालिकाको वडा नम्बर १ का अध्यक्ष अशोक कुमार महतो, ४ नम्बर वडाका अध्यक्ष रामविलेक्षण यादव र ५ नम्बर वडाका अध्यक्ष हुकुमदेव यादवले संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
उनीहरुले आर्थिक वर्ष २०७९–८० को आय व्यय विवरण पेस गर्नुपर्ने, प्रत्येक वडामा एक जना कम्प्युटर अपरेटर, तत्काल कार्यक्रमहरूको कार्यादेश दिनुपर्ने लगायतका माग अघि सारेका छन् । वडा अध्यक्ष हुकुमदेव यादवले सूचनाको हक प्रयोग गरेर करिब एक महिना अघि दिएको निवेदनको बेवास्ता गरेको भन्दै तत्काल माग गरेको सूचना दिनुपर्ने बताए ।
उनले भने, ‘नयाँ आर्थिक वर्षको ४ महिना बितिसक्दा पनि कार्यालय सञ्चालन खर्च दिइएको छैन ।’ कार्यक्रमको कार्यादेश नदिएको भन्दै प्रशासकीय प्रमुख विधिसम्मत ढङ्गले चल्न नसकेको उनले बताए । उनले थपे, ‘हामीले ताली ठोकेर गाउँ परिषद् गरिदिएका छौँ, कार्यक्रमहरू बनेको छ । कार्यालय प्रमुखले कसको निर्देशन पर्खेर बस्नुभएको हो ? हामीलाई तत्काल कार्यादेश चाहिन्छ ।’
कार्यक्रम नसकिँदै, कुन–कुनको भुक्तानी दिन बाँकी रह्यो भन्ने नआउँदै निर्णय लेख्नु गलत भएको भन्दै यस विषयमा कार्यालय प्रमुखले जवाफ दिनुपर्ने बताए । तीन जना वडा अध्यक्षहरूले आफूहरूको माग एक सातामा पुरा नभए पालिका कार्यालयको गेटमै बसेर कामकाज ठप्प पार्ने र वडा कार्यालय त्यहीँबाट सञ्चालन गर्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण