शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

३० दिनभित्र प्रहरी समायोजन नभएमा मधेस प्रदेश सरकारले चरणवद्ध आन्दोलन गर्ने

बुधबार, २२ कात्तिक २०८०, १७ : ४९
बुधबार, २२ कात्तिक २०८०

धनुषा । मधेस प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ ।

बुधबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागिएको जानकारी दिएका हुन् ।

उनले भोलि (बिहीबार) प्रहरी समायोजन र निजामती कर्मचारी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताए । उनले प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अप्ठ्यारो परेको बताए ।  उनले संघीय सरकारलाई प्रहरी समायोजन गर्नका लागि ३० दिनको समय सीमा दिइने र सो समयमा पनि समायोजन नभएमा चरणबद्ध आन्दोलन गर्ने बताए । 

उनले भने, ‘संघीय सरकारले प्रदेश सरकारलाई कानून बनाउनबाट जुन वञ्चित गरेको छ । अधिकार दिएको छैन । त्यसको निम्ति हामी भोलि प्रधानमन्त्रीज्यु कहाँ साढे १० बजे ज्ञापन पत्र बुझाउँदै छौँ । प्रहरी प्रशासन अहिलेसम्म हाम्रो मातहतमा आएको छैन । जबकि संघले पनि प्रहरी ऐन बनाइसकेको छ तर कार्यान्वयनमा आएको छैन । यस्तै निजामती ऐन लगायतका धेरै विषयहरु छन् । प्रदेशलाई हस्तान्तरण गरिएको छैन । जुन कारणले प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो छ । दबाब दिनको लागि ज्ञापन पत्र बुझाउँछौँ । ३० दिनको समय दिएर । ३० दिनभित्र कार्यान्वयन पक्षमा केन्द्र सरकार गएन भने हामी चरणबद्ध आन्दोलनतिर लाग्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप