बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिन्टिङ प्रेसमा आगलागी,  १ करोड रुपैयाँ बराबरको क्षति

बिहीबार, २३ कात्तिक २०८०, १० : ०५
बिहीबार, २३ कात्तिक २०८०

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित दीप आर्टस् प्रिन्टिङ प्रेसमा गएराति भएको आगलागीमा झन्डै १ करोड रुपैयाँ बराबरको क्षति भएको छ। गौर रोडमा रहेको दीप आर्ट्स प्रेसमा बुधबार राति ८ बजेर ३५ मिनेटमा भएको आगलागीबाट प्रेस पूर्ण रूपमा जलेर नष्ट भ‌एको हो । 

घटनामा तीन वटा प्रिन्टिङ मेसिनमा क्षति पुगेको छ। प्रेसमा भएको आगलागीबाट सोही घरमा रहेका अन्य पसल र कार्यालयमा पनि क्षति पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिहापुरका प्रमुख डीएसपी एक नारायण कोइरालाले रातोपाटीलाई जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय मिलेर चन्द्रपुर, निजगढ र हरिवनबाट आएको तीन वटा दमकलको सहायताले करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले क्षतिको यकिन विवरण लिन प्रहरी परिचालन गरिएको बताएका छन् । आगलागीको कारण भने खुल्न नसकेको तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप