प्रिन्टिङ प्रेसमा आगलागी, १ करोड रुपैयाँ बराबरको क्षति
रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित दीप आर्टस् प्रिन्टिङ प्रेसमा गएराति भएको आगलागीमा झन्डै १ करोड रुपैयाँ बराबरको क्षति भएको छ। गौर रोडमा रहेको दीप आर्ट्स प्रेसमा बुधबार राति ८ बजेर ३५ मिनेटमा भएको आगलागीबाट प्रेस पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
घटनामा तीन वटा प्रिन्टिङ मेसिनमा क्षति पुगेको छ। प्रेसमा भएको आगलागीबाट सोही घरमा रहेका अन्य पसल र कार्यालयमा पनि क्षति पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिहापुरका प्रमुख डीएसपी एक नारायण कोइरालाले रातोपाटीलाई जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय मिलेर चन्द्रपुर, निजगढ र हरिवनबाट आएको तीन वटा दमकलको सहायताले करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीले क्षतिको यकिन विवरण लिन प्रहरी परिचालन गरिएको बताएका छन् । आगलागीको कारण भने खुल्न नसकेको तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण