आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

फोनलाई ह्याक हुनबाट यसरी जोगाउनुस्

बिहीबार, २३ कात्तिक २०८०, १७ : ३९
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । अहिले हरेक व्यक्तिको हातमा स्मार्टफोन छ । यो जीवनको अभिन्न हिस्सा बनेको छ । साना ठूला हरेक काम यसबाट सजिलोसँग भइरहेका छन् ।

तपार्इंको निजी जीवनका असंख्य जानकारी स्मार्टफोनमा हुन्छन् । त्यसैले स्मार्टफोनको सुरक्षा झनै अहम बनेको छ । आजको यस लेखमा हामीहरू एन्ड्रोइड फोनलाई ह्याक हुनबाट जोगाउने केही टिप्सबारे कुराकानी गर्न गइरहेका छौँ ।

विश्वसनीय स्रोतको एपहरू मात्रै डाउनलोड गर्नेः

फोनमा इन्फेक्टेड एप छन् भने पनि फोन ह्याक गरेर ह्याकरहरूले सारा डिटेल चोर्न सक्छन् । स्मार्टफोनमा चाहिएका हरेक एपहरू गुगल प्ले स्टोरबाटै डाउनलोड गर्नुस् । थर्ड पार्टी सोर्सको एप डाउनलोड गर्दै नगर्नुस् । अनि फोनमा भएका हरेक एपलाई अपडेटेड राख्नुस्  ।

एपको रिभ्युः

गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्नु अघि हरेक एपको रिभ्यु पढ्नुस् । एप प्रयोगकर्ताहरुले एपबारे अनेकौँ खालको रिभ्यु दिएका हुन्छन् । त्यसमा एप डेभलपरको हो अनि एपलाई कस्तो रेटिङ दिइएको छ भनेर पनि खोज्नुस् । कहिलेकाहीँ प्ले स्टोरमा संक्रमित एप पनि भेटिएका छन् । पछि गुगलले थाहा पाएर ती एप हटाइदिएको थियो । फोनमा अननोन एप देख्ने बित्तिकै डिलिट गर्नुस् ।

पासवर्डको प्रयोग:

फोनलाई लक गर्न पासवर्ड वा प्याटर्नको प्रयोग गर्न जरुरी छ । एपलाई पनि लक गरेर टु–फ्याक्टर अथेन्टिकेशनले सुरक्षित राख्नुस् ।

एन्टी भाइरस इन्ष्टलः

मलवेयर र अरु भाइरसबाट आफ्नो फोनलाई बचाउनका लागि फोनमा इन्टी भाइरस इन्ष्टल गर्न सकिन्छ ।

पब्लिक वाई–फाईको प्रयोग नगर्नुस्:

अचेल हामी इन्टरनेट बिना एक क्षण पनि बस्न सक्दैनौँ कतै गइरहेका छौँ वा कसैलाई कुरिरहेका छौँ भने पनि फोनलाई निःशुल्क सार्वजनिक वाईफाईसँग कनेक्ट गरिहाल्छौँ । तर यस्ता फ्रि वाईफाई वा अननोन हटस्पटबाट पनि फोन ह्याक हुन सक्छन् । त्यसैले यिनीहरुसँग फोनलाई कनेक्ट सकेसम्म नगर्नुस् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप