शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

बिहीबार, २३ कात्तिक २०८०, १८ : ०१
बिहीबार, २३ कात्तिक २०८०

पोखरा । गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले तिहारका लागि सूचना निकाल्दै ९ बजेसम्म मात्र देउसी भैलो खेल्न भनेको हो । 

‘चाडपर्व मनाउने क्रममा कसैको इच्छा चाहना विरुद्धका क्रियाकलाप तथा समाजमा अशोभनीय कार्य नगरी शान्ति सुरक्षा एवम् अमन चयनको अवस्था कायम गरी राख्न सूचना जारी गरिएको हो,’ सूचनामा भनिएको छ ।

सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू बिहान ७ बजे देखि बेलुका ९ बजे सम्म मात्र सञ्चालन गर्न भनिएको छ । यस्तै, पटका, आतिसबाजी जस्ता विस्फोटक पदार्थहरूको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न निर्देशन दिइएको छ ।

मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवम् सर्वसाधारणलाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने र झै-झगडा गर्नेलाई कारबाही हुने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप