गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने
पोखरा । गोरखामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले तिहारका लागि सूचना निकाल्दै ९ बजेसम्म मात्र देउसी भैलो खेल्न भनेको हो ।
‘चाडपर्व मनाउने क्रममा कसैको इच्छा चाहना विरुद्धका क्रियाकलाप तथा समाजमा अशोभनीय कार्य नगरी शान्ति सुरक्षा एवम् अमन चयनको अवस्था कायम गरी राख्न सूचना जारी गरिएको हो,’ सूचनामा भनिएको छ ।
सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरू बिहान ७ बजे देखि बेलुका ९ बजे सम्म मात्र सञ्चालन गर्न भनिएको छ । यस्तै, पटका, आतिसबाजी जस्ता विस्फोटक पदार्थहरूको आयात, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न निर्देशन दिइएको छ ।
मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवम् सर्वसाधारणलाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने र झै-झगडा गर्नेलाई कारबाही हुने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण