सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वाङ छुङछेङ र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता

बिहीबार, २३ कात्तिक २०८०, १८ : ३७
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन् ।  

सचिव छुङछेङले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् । भेटमा उनीसहित भ्रमण दलका सदस्यहरु र नेपालका लागि चिनियाँ राजदूत छन् सोङसमेत रहेका थिए । 

भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले सचिव छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको बेलामा भएका सम्झौता र समझदारीहरुलाई कार्यान्वयनको वातावरण बनाउन आफू नेपाल भ्रमण आएको बताएको जानकारी दिए । भेटवार्ताका क्रममा द्धिपक्षिय सम्बन्ध, आर्थिक विकास, नाकाहरु सञ्चालन गर्ने, व्यापारलाई अभिवृद्धि गर्ने लगायतको विषयमा कुराकानी भएको उनले बताए । त्यस्तै चिनियाँ उद्यमीहरुले नेपालको ऊर्जा र उद्योगको क्षेत्रमा लगानी गर्न चाहेकाले नेपालमा लगानीको वातावरण बनाउने विषयमा पनि छलफल भएको उनले बताए ।

भेटवार्ताका क्रममा दुई देशको हवाई सेवालाई नियमित गराउँदै ल्हासा र चीनका विभिन्न सहरहरुमा पोखराबाट सिधै हवाई उडान गर्ने विषयमा पनि कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप