वाङ छुङछेङ र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन् ।
सचिव छुङछेङले बिहीबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा पुगेर भेटवार्ता गरेका हुन् । भेटमा उनीसहित भ्रमण दलका सदस्यहरु र नेपालका लागि चिनियाँ राजदूत छन् सोङसमेत रहेका थिए ।
भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले सचिव छुङछेङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको बेलामा भएका सम्झौता र समझदारीहरुलाई कार्यान्वयनको वातावरण बनाउन आफू नेपाल भ्रमण आएको बताएको जानकारी दिए । भेटवार्ताका क्रममा द्धिपक्षिय सम्बन्ध, आर्थिक विकास, नाकाहरु सञ्चालन गर्ने, व्यापारलाई अभिवृद्धि गर्ने लगायतको विषयमा कुराकानी भएको उनले बताए । त्यस्तै चिनियाँ उद्यमीहरुले नेपालको ऊर्जा र उद्योगको क्षेत्रमा लगानी गर्न चाहेकाले नेपालमा लगानीको वातावरण बनाउने विषयमा पनि छलफल भएको उनले बताए ।
भेटवार्ताका क्रममा दुई देशको हवाई सेवालाई नियमित गराउँदै ल्हासा र चीनका विभिन्न सहरहरुमा पोखराबाट सिधै हवाई उडान गर्ने विषयमा पनि कुराकानी भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण