धनुषाको एसपीमा मित्रबन्धु शर्मा
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई पठाउने निर्णय गरेको छ । एसपी शर्मालाई धनुषामा काज सरुवा गरिएको प्रहरी प्रवक्ता (डिआइजी) कुवेर कडायतले रातोपाटीलाई बताए ।
त्यहाँ कार्यरत प्रहरी उपरीक्षक विश्वराज खड्कालाई सोमबार प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो । धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् ।
खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो । संवादका लागी साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने सर्त राखेसँगै उनलाई जिम्मेवारी मुक्त गरिएको हो ।
आरती शाह धनुषामा मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरूको कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन् ।
खड्का सहितका प्रहरी अधिकृतहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शाहका बुवा र आमा सहितका परिवार काठमाडौँमा धर्ना बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण