मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनुषाको एसपीमा मित्रबन्धु शर्मा

बिहीबार, २३ कात्तिक २०८०, २० : ५५
बिहीबार, २३ कात्तिक २०८०

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई पठाउने निर्णय गरेको छ । एसपी शर्मालाई धनुषामा काज सरुवा गरिएको प्रहरी प्रवक्ता (डिआइजी) कुवेर कडायतले रातोपाटीलाई बताए । 

त्यहाँ कार्यरत प्रहरी उपरीक्षक विश्वराज खड्कालाई सोमबार प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो । धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् ।

खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो । संवादका लागी साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने सर्त राखेसँगै उनलाई जिम्मेवारी मुक्त गरिएको हो ।

आरती शाह  धनुषामा मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरूको कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन् ।

खड्का सहितका प्रहरी अधिकृतहरूलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शाहका बुवा र आमा सहितका परिवार काठमाडौँमा धर्ना बसिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप