दोस्रो पटक आमा बन्दैछिन् अनुष्का ?
नयाँ दिल्ली । बलिउड अभिनेत्री अनुष्का शर्मा गर्भवती भएको हल्ला केही समयदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यसैबिच अहिले इन्टरनेटमा अनुष्का र उनको श्रीमान् विराट कोहलीको एउटा भिडियो ट्रेन्डिङ भइरहेको छ ।
भिडियो बैंगलुरुको भएको बताइएको छ । भारत र नेदरल्यान्डबीच हुन लागेको विश्वकप क्रिकेटको सेमीफाइनलको खेल हेर्न अनुष्का अहिले बैंगलुरु गएको अनुमान गरिएको छ ।
भिडियोलाई धेरैले ‘प्रेग्नेन्सी वाक’ मानिरहेका छन् । यो भिडियोमा अभिनेत्रीको बेबी बम्प देखिएको छ । भिडियोमा खुकुलो कालो पहिरनमा देखिएकी अनुष्का विराटको हात समातेर हिँडिरहेकी छिन् । यो भिडियो भाइरल बनेपछि इन्टरनेटमा फ्यानहरूले अनेकौँ प्रतिक्रिया दिइरहेका छन् । कसैले दोस्रो विराट आउँदै भनिरहेका छन् भने कसैले यो हल्ला नभएर साँचो भएको अनि अनुष्का गर्भवती रहेको स्पष्टै देखिएको बताइरहेका छन् । केहीले यो भिडियोलाई पुरानो पनि भनिरहेका छन् ।
यो खबरलाई कोहली दम्पतीले आधिकारिक रूपमा पुष्टि गरेका छैनन् । दुवै आफ्नो निजी जीवनलाई गुपचुप राख्न मन पराउँछन् । विराट र अनुष्काको हाल करीब ३ वर्षकी छोरी छिन्, भामिका ।
कामको कुरा गर्ने हो भने अनुष्का शर्मा भारतकी पूर्व महिला क्रिकेटरको भूमिकामा चक्दा एक्सप्रेसमा देखिँदै छिन् । पाँच वर्षको अन्तरालपछि ठुलो पर्दामा अनुष्काको यो कमब्याक हुनेछ । विराट भने अहिले जारी आईसीसी पुरुषतर्फको विश्वकप क्रिकेटमा व्यस्त छन् । यस प्रतियोगितामा उनी सबैभन्दा धेरै रन बटुल्ने खेलाडीमध्ये एक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण