भूकम्पले रुकुम पश्चिमका १० प्रहरी कार्यालयमा क्षति, ५ पूर्ण रूपमा ध्वस्त, पालबाट सेवा
सुर्खेत । गत शुक्रवारको भूकम्पले रुकुम पश्चिममा १० वटा प्रहरी कार्यालयहरूमा क्षति पुर्याएको छ । रुकुम प्रहरीका अनुसार १० मध्ये पाँच वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने बाँकी पाँच वटामा आंशिक क्षति पुगेको छ ।
रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्ला प्रहरी कार्यालयको भवन पूर्ण रूपमा ध्वस्त भएको छ । पुरानो भवन भएकाले पुरै चर्किएकाले बस्न मिल्ने अवस्था छैन ।
यस्तै प्रहरी चौकी पुर्तिमकाँडाको भवन पनि पूर्ण रूपमा ध्वस्त भएको छ । प्रहरी चौकी सोलावाङ, प्रहरी चौकी सिम्लि र इलाका प्रहरी कार्यालय आठबिसकोटको भवनमा पूर्ण रूपले भूकम्पले क्षति पुर्याएको छ । सोलावाङको आफ्नै भवन हो भने सिम्लि र आठबिसकोटको भाडाका भवनहरू हुन् । सिम्लि प्रहरी अहिले अरूको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट प्रहरी पालमा बसेर सेवा दिइरहेको छ ।
बाँकी अस्थायी प्रहरी पोष्ट साँख, स्यालाखदी, प्रहरी चौकी पिपल, झुल्नेटा र इलाका प्रहरी चौकी चौरजहारीमा आंशिक रूपमा क्षति पुगेको छ । यी मध्ये चौरजहारीको भवन बस्न मिल्ने भए पनि बाँकी भवनहरू जोखिम मोलेर बस्नुपर्ने अवस्थामा रहेको रुकुम प्रहरीले जनाएको छ ।
भवन भत्किएपछि त्रिपालबाट सेवा दिँदै आठबिसकोट प्रहरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण