लुम्बिनी प्रादेशिक अस्पतालको कार्यसम्पादनमा सुधार
बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कार्यसम्पादनमा सुधार देखिएको छ । अस्पतालले गरेको सुधारलाई आधार मानेर गत वर्षको तुलनामा एक अङ्क वृद्धि गरिएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै प्रदेशका १३ वटा अस्पतालहरू मध्ये लुम्बिनी प्रादेशिकले ७० दशमलव ३६ अङ्कसहित तेस्रो स्थान हासिल गर्न सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जानकारी दिए ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले अस्पताललाई प्रदेशमै तेस्रो स्थान हासिल गर्न सफल भएकोमा प्रमाणपत्रसहित सम्मान गरेका छन् ।
अस्पतालले पछिल्लो आर्थिक वर्ष २०८९। ८०मा ३ लाख २ हजार ६९६ सेवाग्राहीलाई बहिरङ्ग स्वास्थ्य उपचार उपलब्ध गराइएको छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा १५ हजार ७०२ ले बढी रहेको अस्पताले जनाएको छ ।
अस्पतालमा सूचना अधिकारी डा नेत्र रानाका अनुसार अस्पतालले सेवा विस्तारसँगै बालबालिका तथा महिला प्रसूतिका लागि छुट्टै काउन्टर सञ्चालनमा , यस्तै अस्पतालले ल्याब रिपोर्ट एस।एम।एस सेवा पनि थप गरी सञ्चालन गर्दै आएको छ । ती लगायतका कार्यसम्पादनका आधार मानेर प्रदेश तेस्रो बनेको उनको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
-
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने
-
डेरी क्षेत्रको विकासका लागि पाँच वर्षीय रणनीतिक योजना बनाइने, सरकारसँग नीतिगत सुधारको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण